नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका छन्।
जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले अब आर्थिक सामाजिक रुपान्तरणको पनि नेतृत्व गर्नुपर्ने बताएका हुन्। नेता कोइरालाले हरित ऊर्जा, आधुनिक कृषि प्रणाली, उन्नत बाली प्रवर्द्धन तथा किसानलाई प्रविधिसँग जोड्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिए।
उनले धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटन प्रवर्द्धन गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्ने बताए।