केटिएम हस्पिटालिटीको आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त

  • Clock icon
    २०८२ असार २२, आईतवार ०१:१९

केटिएम ग्रुप होल्डिंग्सअन्तर्गतको केटिएम हस्पिटालिटीले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।

यससम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र केटिएम हस्पिटालिटीका खनाला तथा प्रमुख कार्यकारी रामेश्वर शाह एवं आरबिबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कम्पनीले १२ करोड ५० लाख रुपैयाँबराबरको प्रतिकित्ता एक सय रुपैयाँका अंकित दरका १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।