असार ३२ बाट साइन रेसुंगा डेभलपमेन्ट बैंकको ‘साइन रेसुंगा डिबेन्चर’ ब्याज बार्षिक आठ प्रतिशत

साइन रेसुंगा shine resunga

साइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘साइन रेसुंगा डिबेन्चर’ निष्कासन गर्ने भएको छ । बैंकले एक अर्ब रुपैयाँबराबरको प्रतिकित्ता एक हजार रुपैयाँका दरले कुल १० लाख कित्ता ऋणपत्र ३२ असारदेखि बिक्रीमा ल्याउनेछ ।

कुल ऋणपत्रको अवधि १० वर्षको हुनेछ भने वार्षिक आठ प्रतिशत ब्याज पाइनेछ । त्यसका लागि खरिदकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम पाँच लाख कित्ता माग गर्दै ४ साउनसम्म आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र पूर्ण आवेदन नपरेमा १४ साउनसम्म आवेदनको मिति थपिने बैंकले जनाएको छ ।