प्रा.डा. दीपक अर्याल त्रिवि उपकुलपतिमा नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले अर्याललाई आज बुधबार त्रिवि उपकुलपति नियुक्त गर्नुभएको हो ।

अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत भइसक्नुभएको छ ।

सहकुलपतिसमेत रहनुभएका शिक्षा मन्त्री रघुजी पन्त नेतृत्वको त्रिवि उपकुलपति सिफारिस समितिले अर्यालसहित तीन जनाको नाम असार २३ गते सिफारिस गरेको थियो।

त्रिविका निमित्त उपकुलपति प्रा.डा.खड्ग केसी, विज्ञान संकायका पूर्वडीन प्रा।डा। विनिल अर्याल र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख दीपक अर्यालको नाम सिफारिस भएको थियो।

प्रा.डा. केशरजङ्ग बरालले त्रिवि उपकुलपतिबाट राजीनामा दिनुभएको थियो ।

बरालले दिएको राजीनामा कुलपति ओलीले गत चैत २८ गते स्वीकृत गर्नुभएको थियो । त्यसपछि निमित्त उपकुलपतिको जिम्मेवारी केसीलाई दिइएको थियो।

त्रिवि उपकुलपतिमा यसपालि १२ जना आकांक्षी थिए।