‘ग्लोबल आइएमई समुन्नत योजना–२’को एकाइ साउन ४ सम्म खरिद गर्न पाइने

global sammunnat

ग्लोबल आइएमई क्यापिटलले २२ असारदेखि बिक्रीमा ल्याएको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’को एकाइमा आवेदन दिने समय थप भएको छ ।

उक्त योजनामा यसअघि असार २५ गतेसम्म आवेदन दिन पाइने भनिएको थियो । तर पर्याप्त आवेदन नपरेपछि समय थपिएको क्यापिटलले जनाएको छ । जसअनुसार लगानीकर्ताले अब ४ साउनसम्म एकाइ खरिद गर्न सक्नेछन् । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाको कोष प्रवद्र्धकमा ग्लोबल आइएमई बैक र योजना व्यवस्थापक तथा डिपोजिटरीमा ग्लोबल आइएमई क्यापिटल रहेका छन् ।

यस योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ छ । जसअनुसार प्रतिएकाइ १० अंकित दरमा १२ करोड एकाइ निष्कासनमा आएको छ । यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम एक करोड २० लाख एकाइसम्म आवेदन दिन पाउनेछन् ।