ग्रामथान गाउँपालिकाका दुई वडा अध्यक्षलाई गाउँ सभाबाट निष्कासन

ग्रामथान गाउँपालिकाको १७औँ गाउँ सभाको तेस्रो बैठकमा अनुशासन भङ्ग गर्ने र अपमानजनक व्यवहार गर्ने दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँ सभा बैठकमा सहभागी हुन नपाउने निर्णय गरिएको छ।

गाउँपालिका कार्यालयका अध्यक्ष नमोनारायण माझीले असार २७ गते जारी गरेको आदेशअनुसार वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेष नारायण चौधरीलाई ‘ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि, २०७४’ को दफा १६ को उपदफा ४ अनुसार कारबाही गरिएको उल्लेख गरिएको छ।

ती सदस्यहरूले सभाको बैठक सञ्चालन भइरहेका बेला अपमानजनक शब्द प्रयोग गर्नुका साथै सभाको गरिमा र प्रतिष्ठामा आघात पुग्ने खालका गतिविधि गरेको भनिएको छ।

सोही आधारमा दुवैलाई सात दिनसम्मको लागि गाउँ सभा बैठकमा सहभागी हुन नपाउने गरी निष्कासन गरिएको गाउँपालिका अध्यक्ष नमो नारायण माझीले हस्ताक्षर गरेको आदेशमा उल्लेख छ।