विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक प्रभु क्यापिटलले असार २९ गते आइतबार शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा ८.७ गुणा बढीको आवेदन परेको छ ।
कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता सेयर निष्काशन गरेको थियो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले सेयर पाउने छन् ।