विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल २१ लाख ५० हजार ६ सय ७२ जनाको आवेदन परेको थियो । जस मध्ये २० लाख ४३ हजार ६ सय ८६ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसको रिजल्ट हेर्न मेरो शेयरबाट सकिनेछ ।