वीरगन्जमा भानुजयन्तीका अवसर पारेर स्रष्टाहरूलाई सम्मान गरिएको छ । नारायणी वाङ्गमय प्रतिष्ठानले आयोजना गरेको समारोहमा साहित्य र पत्रकारितातर्फ जगदीश शर्मा सम्मानित हुनुभयो।
शर्मालाई वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मानित गर्नुभयो ।
त्यसैगरी, कृति सम्मानबाट साहित्यकारद्वय गणेशप्रसाद लाठ र रामप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो । उहाँहरुलाई जनही १२ हजार ५ सय रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा आज आइतबार वीरगन्जमा पनि विविध कार्यक्रम भइरहेका छन् ।
वीरगन्ज बसपार्कस्थित भानु चोकमा रहेको आदिकविको प्रतिमामा प्रमुख सिंह, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र लगायतले माल्यार्पण गर्नुभएको थियो ।