कपिलवस्तुमा बस दुर्घटना : २९ घाइते

  • Clock icon
    २०८२ असार २९, आईतवार १४:३१

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका–९ मा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घाइते सबैको पहिचान भइसकेको छ । उनीहरुलाई अस्पताल रिफर गरिएको छ ।
बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन् । घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य छ ।

  • Clock icon
    २०८२ असार २९, आईतवार १४:३१