स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ३१.८ अंकले उकालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा १.१३ प्रतिशतले वृद्धि भई २ हजार ७६२.८८ बिन्दुमा पुगेको छ ।
कूल ३११ कम्पनीको १ लाख ५ हजार ४११ कारोबारबाट ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ बराबरका ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।