मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश

  • Clock icon
    २०८२ असार २९, आईतवार २०:२९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश गरेको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको हो।

यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासले असार १२ गते रास्वपा र यसको नेतृत्वसँग लिखित जवाफ माग गरेको थियो। साथै अन्तरिम आदेश जारी हुने कि नहिने भनी निर्क्योल गर्न दुवै पक्षलाई छलफलमा पनि बोलाएको थियो।

यसअघि २ पटक चढेको पेसीमा सुनुवाइ हुन सकेको थिएन। आज आइतबार सुनुवाइ हुँदा तत्काल अन्तरिम आदेश नदिएर सर्वोच्चले थप कागजात झिकाएको हो।

ढकालले रास्वपाको महामन्त्री आफू रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गरी सर्वोच्चमा रिट दिनुभएको हो ।

 

  • Clock icon
    २०८२ असार २९, आईतवार २०:२९