रास्वपामाथि ओलिको टिप्पणी : सहकारीको रकम हामीले झ्वाँम पारेको हो र अन्याय हुन

  • Clock icon
    २०८२ असार २९, आईतवार २२:५७
केपी ओली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति प्रधानमन्त्री ओलीको खरो टिप्पणी – भ्रष्ट तत्वहरू हस्ताक्षर क्याम्पियन चलाएर हिँडेका छन्।

सहकारीका करोडौँ झ्वाँम पार्ने गरिव जनताका पैसा अनि अन्याय पर्‍यो भन्ने हामीले गरिदिएको हो अन्याय अदालतले लगेर थुनेको छ । त हामीले अन्याय गरिदिएको हो । मुद्दा लड्न जाऊ न अदालतका विरुद्ध पुनरावेदन गर्न पाइन्छ। मुद्दा लड्न पाइन्छ। अनि जे भए पनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने, अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने उनले थपे,यस्तो पनि हुन्छ ।

यो वास्तवमा भ्रष्ट तत्वहरूका चर्चा हुन्। प्रतिपक्षमा रहेका त्यस्ता भ्रष्ट तत्वहरूले झुट अफवाह फैल्याएका छन्।