आकर्षक ब्याजसहित नेपाल एसबीआई बैंकको ऋणपत्र निष्कासन कहिलेसम्म मिल्छ भर्न ?

  • Clock icon
    २०८२ असार ३१, मंगलवार ०२:०३

नेपाल एसबीआई बैंक लिमिटेडले असार ३० गतेदेखि ऋणपत्र निष्कासन भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले जेठ ७ गते नेपाल धितोपत्र बोर्डबाट ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो ।

कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । यसमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्कासन बन्द साउन १ गते हुनेछ । तर यदि तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा म्याद साउन १२
गतेसम्म लम्बिनेछ । ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।