बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा पेश गरिएको कागजातमा देखियो कैफियत

  • Clock icon
    २०८२ असार ३१, मंगलवार ०६:२३

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले निलम्बन गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

ओझाले पेश गरेको अनुभबको कागजातमा कैफियत देखिएपछि उनलाई निलम्बन गरी अनुसंधान गर्न थालिएको हो उनी माथि छानवीन गर्न पूर्व न्यायाधिसको संयोजकत्वमा जाँचबुझ आयोग समेत गठन गरिएको छ । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ।

प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्।

 

 

  • Clock icon
    २०८२ असार ३१, मंगलवार ०६:२३