गाली गर्नेको आइडी फेसबुकमा सार्वजनिक गर्दै गायक ढकालद्धारा साइबरमा उजुरी

  • Clock icon
    २०८२ असार ३१, मंगलवार १७:५७

गायक रामकृष्ण ढकालले गाली गर्नेको आइडी सार्वजनिक गर्दै साइबरमा उजुरी दिनुभएको छ ।

उहाँले आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको सार्वजनिक गर्नुभएको हो ।

अभिनेत्री ऋचा शर्माबाट सुरू भएको यो अभियानमा गायिका एलिना चौहान, समीक्षा अधिकारीसहित अहिले गायक रामकृष्ण ढकाल पनि जोडिनुभएको हो ।

फेसबुकमा सार्वजनिक गरेको स्टाटस यस्तो छ-

नमस्कार �यहाँहरू सबैमा ।

आज म धेरै दिनदेखि मनमा गुम्सिरहेका केही कुराहरू यहाँहरूसमक्ष राख्ने सादर अनुमति चाहन्छु ।
प्रसंग हो, कलाकारहरूमाथि बर्सिरहेका भद्दा प्रतिक्रियाहरूको ।
कलाकारहरू राष्ट्रका गहना हुन् । यो समाजले कलाकारहरूलाई दिएको सर्वोच्च सम्मान हो जसलाई राज्यले पनि कुनै न कुनै रूपमा मान्यता दिएकै छ । कलाकारहरू पनि यो सम्मान र मान्यतालाई आत्मसात गर्दै जिम्मेवारीका साथ अगाडि बढिरहेकै छन् । यही क्रममा कलाकारहरूले आफू सँगसँगै सिंगो राष्ट्रलाई पनि विश्व सामु चिनाएर राष्ट्रको गरिमा उच्च राखिरहेकै छन् । यदाकदा अपवाद भएको हुनसक्छ । तर, मूलभूत रूपमा सबै कलाकारहरूले आफ्नो धर्म र कर्मलाई निर्वाह गर्दै आएकै छन्।
कलाकारहरू राष्ट्रका गहना मात्र हैनन्, सार्वजनिक सम्पत्ति पनि हुन् । सबैतिरबाट उनीहरुको संरक्षण पनि गर्नुपर्छ । यो सत्य पनि नेपाली समाजले आत्मसात गरेकै छ । अहिलेको समाज अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र प्रविधिको सहजताले गर्दा हरेक मान्छेको हातमा मिडियाको पहुँच पुगेको समाज हो । आज हरेक मान्छे आफैंमा एक सञ्चारकर्मी भएको छ । यो ज्यादै स्वागतयोग्य कुरा हो ।
तर, यति नै बेला केही दुषित र अपराधिक मनोवृति भएका मानिसहरू प्रविधि र मिडियाको चरम दोहन गर्दै कलाकारहहरूको व्यक्तिगत जीवनमाथि निरन्तर प्रहार गरिरहेका छन् । यसबाट कलाकारहरूको पाररवारिक सम्बन्धहरूमा तलमाथि पर्नुको साथै उनीहरूमा अतिरिक्त मानसिक तनाव पनि देखिन थालेको छ । त्यसको प्रत्यक्ष प्रभाव उनीहरूका सिर्जना र प्रस्तुतिहरूमा पनि परिरहेको छ । यसबाट अन्तत: समाज र राष्ट्रले नै गम्भीर नोक्सानी व्यहोर्नु परिरहेको छ ।
हो, कलाकाहरू सार्वजनिक व्यक्तित्व हुन् । त्यसैले समाजप्रति उनीहरूो अतिरिक्त दायित्व पनि हुन्छ । त्यसैले पनि कलाकारहरू बढी सजग र जिम्मेवार हुन जरुरी छ । त्यो सत्य सबै कलाकाहरूले पनि राम्रैसँग बुझेका हुन्छन् र त्यही अनुसार नै अगाडि बढेका पनि हुन्छन् ।
यो संसार विविधताले भरिएको छ । त्यसैले कुनै एक कलाकारको कर्म सबैलाई मन पर्छ भन्ने हुने हुँदैन । कतिलाई मन पर्छ, कतिलाई मन पर्दैन; कतिलाई राम्रो लाग्छ, कतिलाई राम्रो लाग्दैन । त्यो स्वभाविक हो । मन परेन भनेर आफ्नो प्रतिक्रिया दिन पनि पाइन्छ । तर, त्यो प्रतिक्रिया सम्बन्धित कामसँग होस् नकि निजी जीवनमाथि खनिएर । एउटा शुभचिन्तकको हिसाबले भनौं या मानवताको हिसाबले निजी जीवनमाथि पनि नडगमगाउन, काममा सुधार गर्न, यो भन्दा फरक ढंगले अगाडि बढ्न सुझाव-सल्लाह दिन नसकिने होइन, सकिन्छ । तर भन्न पाइयो, बोल्न पाइयो र लेख्न पाइयो भन्दैमा कसैको व्यक्तिगत जीवनमै धक्का पुग्ने गरी मानसिक पीडा दिन र दु;ख दिन कदापि पाइदैन ।
हामी कलाकारहरू पनि तपाईंहरू जस्तै सामाजिक प्राणी हौं । कर्म गर्दै जाँदा कहिलेकाहीँ कतै परिस्थितिवश भुलचुक हुन पनि सक्छ । त्यस्तो भुलचुक कलाकारको मात्र हुने हैन, हरेक मानिसको व्यक्तिगत जीवनमा हुन्छ नै । व्यक्तिगत जीवन खराब वा नराम्रो होस् भनेर को चाहन्छ र ? तर, नचाँहदानचाँहदै पनि कहिलेकाही भैदिन सक्छ । यहाँ कमजोरीबिहिन मान्छे को छ र ? ब्यक्तिगत जीवनमा केही न केही तलमाथि कसको हुँदैन र ?
नेपालका धेरैजसो कलाकारहरू अत्यन्तै प्रतिकुल परिस्थितिबाट गुज्रदै लामो संघर्ष गरेपछि मात्र आफ्नो क्षेत्रमा स्थापित भएका हुन्छन् । धेरैजसो सेवा सुविधाबाट पूरै वञ्चित गाउँका कुनाकन्दराबाट र मध्यम तथा निम्न मध्यमवर्गीय पृष्ठभूमीबाट आएका हुन्छन् । हिम्मत नहारी अनवरत संघर्ष गरेपछि मात्र उनलाई सफलता मिलेको हुन्छ । फेरि, यो सफलताको फल उनीहरूले मात्र प्राप्त गर्ने हैनन्, त्यसबाट सबै जनताले नै मनोरञ्जन प्राप्त गर्ने हो ।
यसरी संघर्ष गरेर जनतालाई मनोरञ्जन दिइरहेका कलाकारहरूमाथि बर्सिने यहाँहरुको तुच्छ गालीको असर उनीहरूको जीवनमा के पर्छ; कहिलै महशुस गर्नुभएको छ? फेरि कसले दियो त्यो अधिकार तपाईँलाई ? त्यो हदसम्मको गाली, तुच्छ बोली गर्नलाई के पाप भयो हामीबाट? के अपराध गर्यौँ हामीले ? कोही कसैबाट भएको छ भने पनि देशमा सजाय दिने निकाय छन्, कानुन छ । हैन र ?
�त्यसैले आज म कलाकार भएर ताली र गाली दुबै पचाउँदै आउने क्रममा भएको अत्याचारको पराकाष्ठाको केही नमुना सार्वजनिक गर्दैछु । अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान । सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईहरू जस्ता अपराधीलाई कठहरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो । उहाँहरुले पानी मुनीबाट पनि खोजेर सार्वजनिक गर्नु नै हुनेछ ।
यी तस्वीरहरु सार्वजनिक गर्नुअघि म गरौं कि नगरौं भनेर द्विविधामा पनि परें । तर, धेरै सोचेपछि म यो निस्कर्षमा पुगे कि मैले यो अपराधको भण्डाफोर गर्नैपर्छ । यसबाट मेरो पीडाको घाउमा केही मात्रामा भए पनि मलहम लाग्नेछ । केही संख्यामा भए पनि अपराधीहरू कारबाहीको दायरामा आउँनेछन् । अझ, त्योभन्दा पनि ठूलो कुरा केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैसे गरिरहेको हुनेछु भन्ने लाग्यो । म यतिबेला यो अभियानलाई थप गति दिन प्रतिभाशाली गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्न चाहन्छु ।
यी सबै कुरा मनन गरेर मैले यी तस्बिरहरू सार्वजनिक गरेको छु । यी यस्ता केही अपराधीहरू हुन् जसमध्ये केहीले ७ वटा भन्दा बढी फेक आइडी बनाई अत्याचार गरिरहेका थिए । केहीले त रियल आइडीबाटै यो अपराध गरिरहेका थिए । यिनीहरूमध्ये केही अहिले प्रहरीको हिरासतमा छन भने केही निगरानी र खोजीको सूचीमा छन् ।
�धेरै धेरै धन्यवाद नेपाल प्रहरी र साइबर ब्यूरो। �संयमित हुन सिकौँ र मर्यादाको पनि ख्याल राखौँ ।��नोट : मैले ममाथि बर्सिएका गालीहरू सप्रमाण सम्बन्धित निकायमा पेश गरेको छु । यहाँ उल्लेख गर्न सकिन कारण त्यसो गर्न लाज त लजायो नै, मर्यादाले पनि दिएन ।
गाली गर्नेहरु-
  • Clock icon
    २०८२ असार ३१, मंगलवार १७:५७