स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ३७.५३ अंकले उकालो लागेको छ ।
चालु आर्थिक वर्षको अन्तिम दिन आज अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले धेरै भई २ हजार ७९७.७१ बिन्दुमा पुगेको हो ।
कूल ३३० कम्पनीको ९९ हजार ५०५ कारोबारबाट ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८०.४९ रुपैयाँ बराबरका खरिदबिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।