नेपालकी फुटबल कप्तान साम्बा न्युजिल्याण्डको क्लबमा आवद्ध 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध हुनुभएको छ ।

साम्बा सन् २०२५ २६ सिजनका लागि अष्ट्रेलियाको ‘ए’ लिग खेल्ने क्लब वेलिंगटनमा अनुबन्ध हुनुभएको हो ।

वेलिंगटन न्युजिल्याण्डको क्लब भए पनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ।

साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पमा २ सिजन खेलीसक्नुभएको छ ।
फ्रान्सअघि साम्बाले इजरायलको हापोएल रानानाबाट युरोपियन लिगमा डेब्यु गर्नुभएको थियो ।