नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल एसबिआई बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज साउन १ गते अन्तिम दिन रहेको छ। बैंकले असार ३० गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो।

बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ बिक्री खुला गरेको हो । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरमा ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।