शुक्रबार सुन–चाँदी दुवैको मूल्यमा वृद्धी: सुनमा २०० र चाँदीमा १५ रुपैयाँले उकालो

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार

साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो भने चाँदी १५ रुपैयाँले महँगिएको छ।

आजको बजार मूल्य अनुसार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार यो मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो। यसले पछिल्ला दिनहरूमा सुनको मूल्य स्थिरता भन्दा बढी वृद्धिको लय समातेको संकेत दिएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढ्दै २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २६५ रुपैयाँमा कायम थियो।

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार