हिजो साउन २ गते शुक्रार नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुनुभएको छ ।
एकता घोषणा सभामा वामदेव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको अंकमालले धेरैको ध्यान खिचेको छ।
यसैबीच नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले त्यस तस्बिरका विषयमा व्यंग्यात्मक टिप्पणी गर्नुभएको छ ।
एमालेबाट अलग्गिएका नेता वामवदेव र माधवको अंकमाललाई उहाँले अर्थ न बर्थ तथा लगनपछिको पोते को संज्ञा दिनुभएको हो ।
सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, ‘वामदेवमा माधवकुमारको आनन्द :अर्थ न बर्थको ७७ र ७३ बर्षीय अंकमाल ! ऊर्जाबेगरको अभिनय, २०५४ सालमा यो मतिले काम गरेको भए ..? अनि, नि:सर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए..? लगनपछिको पोते!’