नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ ।
आइक्यानले आर्थिक वर्ष २०२३(२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२(२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थियो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखापरिक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए ।नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानबाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ ।
आइक्यानले आर्थिक वर्ष २०२३(२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२(२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थियो । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा महालेखा परीक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए ।