नेपालमा ‘प्रो होण्डा जेनुईन ईन्जिन आयल’ को भव्य सुरुवात: इन्जिनको दीर्घायु र कार्यक्षमताका लागि गुणस्तरीय विकल्प

विश्वप्रसिद्ध जापानी ब्राण्ड होण्डाले नेपाली सवारी साधनधनीहरूका लागि नयाँ गुणस्तरीय इन्जिन आयल ‘प्रो होण्डा जेनुईन ईन्जिन आयल’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले यो आयललाई नयाँ प्रविधियुक्त र विश्वस्तरीय उत्पादनको रूपमा बिक्री वितरण सुरु गरेको हो।

प्रो होण्डा इन्जिन आयल मोटरसाइकल तथा अन्य पावर प्रडक्ट्सका लागि होण्डा मोटर कम्पनीले विशेष अनुसन्धान र प्रविधिमा आधारित भएर निर्माण गरेको हो। यसको प्रमुख उद्देश्य भनेको होण्डा प्रयोगकर्ताहरूलाई आफ्ना सवारी तथा पावर उपकरणहरूका लागि उच्चस्तरीय, विश्वसनीय र वातावरणमैत्री इन्जिन आयलको सुविधा उपलब्ध गराउनु हो।

स्याकार ट्रेडिङ कम्पनीका अनुसार, यो इन्जिन आयलले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले इन्धनको खपत घटाउँछ र मर्मतमा लाग्ने खर्चलाई पनि न्यून बनाउँछ। यसले इन्जिनलाई खिया लाग्नबाट पनि जोगाउँछ, जसले गर्दा इन्जिनको आयु बढ्नका साथै यसको कार्यक्षमता पनि थप सशक्त हुन्छ।

प्रो होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन्। जसमा 10W-30 MA नेपाल 1 लिटर, 10W-30 MB नेपाल 0.8 लिटर, 5W-30 MA नेपाल 0.6 लिटर, 5W-30 MB नेपाल 1 लिटर, र Honda High Performance Engine Oil SAE 10W-30 समावेश छन्। यी सबै भेरियन्टहरू नेपाली भू–प्रकृति र प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रो होण्डा आयल वातावरणमैत्री र आर्थिक रूपमा पनि उपयोगी भएकाले नेपाली सवारी धनीहरूका लागि दीर्घकालीन फाइदाजनक विकल्प बन्नेछ। यसले न केवल इन्जिनलाई सुरक्षित बनाउँछ, तर सवारीको प्रदर्शनमा समेत सुधार ल्याउने क्षमता राख्दछ।

स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. नेपालमा होण्डा मोटर कम्पनीको ५५ वर्षभन्दा बढी समयदेखि आधिकारिक वितरक हो। कम्पनीले देशभर उच्च गुणस्तरका होण्डा उत्पादनहरू र उत्कृष्ट बिक्री–पछिको सेवा उपलब्ध गराउँदै आएको छ। प्रो होण्डा आयलको सुरुवातसँगै कम्पनीले नेपाली ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।