नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका छन् । घाइते तीनै जनाको अवस्था खतरामुक्त छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ८० जिपी २९२८ नम्बरको कारमाथि आज दिउँसो ढुङ्गा खसेर लागेको थियो । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी जनाएको छ ।