रुद्राक्षद्वारा सोमबार पशुपतिमा नि:शुल्क माला र पानी वितरण

हरेक वर्ष महाशिवरात्री र साउनको पहिलो सोमबार श्री महादेवको व्रत बस्ने श्रद्धालु भक्तजनहरूलाई श्री महादेवको प्रसाद स्वरूप पशुपतिमा दर्शन गर्न आउने भक्तजनहरुलाई संघद्वारा नि:शुल्क रुद्राक्षमाला र पानी वितरण गरिएको छ । हिन्दू धर्म अनुसार रुद्राक्षलाई पवित्र एक वैदिक अलौकिक शक्तिले भरिपूर्ण भएको धार्मिक पवित्र मालाको रुपमा लिइने गरिन्छ ।

नेपालमा हाल भोजपुर, संखुवासभा, धनकुटा लगायत ४० भन्दा बढी जिल्लाहरूमा रुद्राक्ष उत्पादन हुन्छ। हाल नेपालबाट ३ देखि ४ अर्ब रुपैयाँ बराबरको रुद्रक्ष विदेश निर्यात हुने गरेको जानकारी संघका अध्यक्ष मनोज कुमार चापागाईंले जानकारी गराए । हाल विदेश मात्र होइन नेपालमा पनि खादा र मालाको सट्टा पवित्र रुद्राक्ष प्रयोग गरिने गरिएको जानकारी काठमाडौँ जिल्लाका अध्यक्ष सुवोध श्रेष्ठले जानकारी गराए ।

रुद्राक्ष व्यवसायीहरुको बाक्लो उपस्थितिमा कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष मनोज कुमार चापागाईंले गरेका थिए । पशुपति मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई ११ हजार १ सय १ वटा वितरण गरिएको कुरा भोजपुर जिल्ला उपाध्यक्ष सुशन्त श्रेष्ठले जानकारी दिएका छन ।