नेपाल बीमा प्राधिकरणकी महिला संचालक राधा पोखरेलले पदबाट राजीनामा दिइन्

नेपाल बीमा प्राधिकरणकी महिला संचालक राधा पोखरेल ले आफ्नो पदबाट राजीनामा दिएकी छन्। अर्थसंसारसँग कुराकानी गर्दै उनले सोमबार राजीनामा दिएको जानकारी दिइन्। पोखरेलले राजीनामा दिने कारणको रूपमा व्यक्तिगत कारण उल्लेख गरेकी छन्।

उनको नियुक्ति शुरुमा नै विवादास्पद रहेको थियो। बीमा नियमावलीको विरोधमा भएको नियुक्ति र राजनीतिक पहुँचको भरमा नियुक्त गरिएको आरोपले चौतर्फी आलोचना प्राप्त गरेको थियो।

अर्थमन्त्रीको निर्णयअनुसार पोखरेललाई गत चैत १ गते चार वर्षको कार्यकालका लागि बीमा प्राधिकरणको संचालक पदमा नियुक्त गरिएको थियो। तर, नियुक्तिपछि सिर्फ पाँच महिनामा उनले पद त्यागेको छ।