आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १३८.५६ रुपैयाँमा किनबेच, भारतीय रुपैयाँ स्थिर

मानी पैसा बिदेशी मुद्रा money

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा तोकिएको छ। यस्तै, युरोपेली युरोको खरिददर १६१.७८ रुपैयाँ र बिक्रीदर १६२.४८ रुपैयाँ रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिददर १८६.७० रुपैयाँ र बिक्रीदर १८७.५१ रुपैयाँ कायम गरिएको छ।

स्विस फ्र्याङ्कको खरिददर १७३.८६ रुपैयाँ र बिक्रीदर १७४.६२ रुपैयाँ तोकिएको छ। अष्ट्रेलियन डलरको खरिददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.३५ रुपैयाँ रहेको छ। क्यानाडियन डलरको खरिददर १०१.५६ रुपैयाँ र बिक्रीदर १०२ रुपैयाँ रहेको छ। सिङ्गापुर डलर १०८.०८ रुपैयाँमा खरिद र १०८.४७ रुपैयाँमा बिक्री भइरहेको छ।

१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ छ भने चिनियाँ युआनको खरिददर १९.२६ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ रहेको छ। साउदी रियालको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ र कतारी रियालको खरिददर ३७.८५ रुपैयाँ तथा बिक्रीदर ३८.०१ रुपैयाँ छ।

त्यस्तै, थाई बात ४.२९ रुपैयाँमा खरिद र ४.३१ रुपैयाँमा बिक्री भइरहेको छ। युएई दिरामको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ छ। मलेसियन रिङ्गिट ३२.६३ रुपैयाँमा खरिद र ३२.८७ रुपैयाँमा बिक्री भइरहेको छ। १०० कोरियन वोनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ तोकिएको छ।

स्विडिस क्रोनरको खरिददर १४.५१ रुपैयाँ र बिक्रीदर १४.५७ रुपैयाँ छ भने ड्यानिश क्रोनरको खरिददर २१.६७ रुपैयाँ र बिक्रीदर २१.७७ रुपैयाँ रहेको छ। हङकङ डलर १७.५७ रुपैयाँमा खरिद र १७.६५ रुपैयाँमा बिक्री भइरहेको छ।

कुवेती दिनार ४५२.११ रुपैयाँमा खरिद र ४५४.७० रुपैयाँमा बिक्री भइरहेको छ। बहरैनी दिनारको खरिददर ३६५.९६ रुपैयाँ र बिक्रीदर ३६७.५५ रुपैयाँ छ भने ओमानी रियालको खरिददर ३५८.३३ रुपैयाँ र बिक्रीदर ३५९.८९ रुपैयाँ कायम गरिएको छ।

नेपालसँग अत्यधिक कारोबार हुने भारतीय रुपैयाँको दर भने स्थिर रहँदै १०० भारतीय रुपैयाँ बराबर १६० रुपैयाँ खरिददर र १६० रुपैयाँ १५ पैसा बिक्रीदर कायम गरिएको छ।