बिहीबार सुनमा २४०० र चाँदीमा १५ को गिरावट, बजारमा मूल्य सम्हालिँदै

लगातारको वृद्धिपछि नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २४०० रुपैयाँले सस्तो भएको छ भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ।

हिजो मात्र प्रतितोला २१०० रुपैयाँले बढेर ऐतिहासिक उच्च मूल्य १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको सुन आज घटेर १ लाख ९५ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको छ।

त्यस्तै, नेपाली बजारमा नयाँ रेकर्ड कायम गर्दै बुधबार २३५० रुपैयाँ प्रतितोला पुगेको चाँदी आज २ हजार ३३५ रुपैयाँ मा झरेको छ।