५० काे नयाँ नोट छपाइमा ४२ कराेड खर्च हुने

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार

नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको ५० रुपैयाँ दरका नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकका अनुसार कुल ८४ लाख थान नोट छपाइ गर्नुपर्नेछ, जसको लागि अनुमानित लागत करिब ४२ करोड रुपैयाँ हुने छ। नयाँ नोटको डिजाइन, छपाइ र ढुवानीका सम्पूर्ण प्रक्रियाका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूलाई गोप्य बोलपत्र पेस गर्न आह्वान गरिएको हो।

इच्छुक कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ (२०७५ भदौ २२) भित्र बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा दस्तुरस्वरूप नेपाली रुपैयाँमा २० हजार वा विदेशी मुद्रामा ४,१४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ड स्टेर्लिङ बुझाउनुपर्नेछ। नोट छपाइको जिम्मा पाउने कम्पनीले डिजाइन स्वीकृति पश्चात निर्धारित म्यादभित्र छपाइ र ढुवानीको कार्य सम्पन्न गर्नुपर्नेछ।

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार