टोखाबाट २५ करोडका विदेशी मुद्रा बरामद: नारायण पौडेल धरौटीमा रिहा

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार

टोखाबाट २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राका मालिक ठानिएका सिन्धुपाल्चोकका नारायण पौडेल ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले असार ३२ गते उनी उपस्थित भएपछि न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासमार्फत धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

गत चैत ४ गते टोखाबाट फल्सबटम बनाइएको ट्रकमा १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार अमेरिकी डलर बरामद गरिएको थियो। ट्रकको चालक कुशाङ लामा पक्राउ परेका थिए। राजश्व अनुसन्धान विभागले कुशाङलाई भरिया मात्र भएको बताउँदै मुख्य मालिक नारायण पौडेल रहेको निष्कर्ष निकालेको थियो।

पौडेल फरार रहँदै मुद्दा दायर भए पनि पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका हुन्। चालक कुशाङ भने अझै पुर्पक्षका लागि थुनामा छन्।

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार