थाइल्यान्ड–कम्बोडिया सीमा तनाव चुलियो, १४ को मृत्यु

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार

थाइल्यान्ड र कम्बोडियाबीचको सीमा तनाव झनै चुलिँदै गएको छ। शुक्रबार पनि सीमामा भीषण गोलीबारी हुँदा अहिलेसम्म १४ जनाको ज्यान गएको दुबै देशका अधिकारीहरूले पुष्टि गरेका छन्।

घटनामा दर्जनौँ घाइते भएका छन् भने हिंसाका कारण एक लाखभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्। दुवै पक्षले आक्रमणमा गोली, क्षेप्यास्त्र र अन्य सैन्य हतियार प्रयोग गरिरहेका छन्।

शुक्रबार सीमामा थप सैनिक परिचालन गरिएको छ। बिहीबार कम्बोडियाले थाई सीमा नजिकका गाउँहरूमा आक्रमण गरेपछि त्यसको जवाफमा थाई सेनाले एफ–१६ लडाकु विमानमार्फत कम्बोडियाली सैन्य चौकीहरूमा हवाई आक्रमण गरेको थियो।

यस आक्रमणपछि प्रभावित क्षेत्रका स्थानीयवासी सुरक्षित स्थानतर्फ विस्थापित हुन थालेका छन्। थाइल्यान्ड र कम्बोडियाबीचको ८१७ किलोमिटर लामो सीमा दशैँको दशकदेखि विवादित रहँदै आएको हो। विशेषगरी ऐतिहासिक महत्व बोकेको प्रेह विहार मन्दिर क्षेत्रलाई लिएर विवाद चर्किएको हो।

१९०७ मा फ्रान्सेली उपनिवेशकालमा सियाम (हालको थाइल्यान्ड) र कम्बोडियाबीच सन्धि भएको भए पनि त्यसपछिका नक्सा र व्याख्यामा फरक परेपछि विवाद उत्पन्न भएको हो।

१९६२ मा दुबै देशले उक्त मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालत (ICJ) मा लगेका थिए। अदालतले मन्दिर क्षेत्र कम्बोडियाको भएको ठहर गरे पनि त्यस आसपासको भूभागमा अधिकारको विषयमा स्पष्टता नहुँदा द्वन्द्व बारम्बार चर्किने गरेको छ।

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार