अब EV पिकअप स्वामित्व सहज — Riddara RD6 रु. ९.९९ लाख डाउनपेमेन्टमै, सुविधासहित बजारमा उपलब्ध

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार

नेपालको विद्युतीय सवारी साधन बजारमा नयाँ गति थप्दै, CG मोटर्सले Geely Auto Group सँगको सहकार्यमा अत्याधुनिक EV पिकअप Riddara RD6 को लागि नयाँ अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउनपेमेन्टमै यो स्मार्ट, टिकाउ र सुविधासम्पन्न EV पिकअप खरिद गर्न सक्नेछन्। यस अफरमार्फत कम्पनीले नेपाली उपभोक्ताका लागि विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यलाई अझ मजबुत बनाएको छ।

Riddara RD6 मा ६३ kWh क्षमताको ब्याट्री, २०० kW पावर र ३८५ Nm टर्क उत्पादन गर्ने एकल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले NEDC मापन अनुसार ३७७ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ। Geely को MAP प्लेटफर्ममा आधारित यस पिकअपमा Independent Suspension प्रयोग गरिएको छ, जसले नेपाली सडकमा आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।

यस EV पिकअपको अन्य आकर्षक विशेषताहरूमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र Vehicle-to-Load (V2L) प्रविधि सामेल छन्। V2L प्रविधिले बाह्य उपकरणहरूलाई सिधै गाडीबाट चार्ज गर्न सकिने सुविधा दिन्छ, जुन विशेषगरी व्यवसायिक प्रयोजनका लागि उपयोगी हुन्छ। साथै, Comfort, Economy र Off-road गरी तीनवटा ड्राइभ मोड, म्याट्रिक्स LED हेडलाइट, 360 डिग्री क्यामेरा र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टील प्रयोग गरिएको मजबुत बडीले यसलाई थप सुरक्षित र बहुप्रयोगी बनाएको छ।

CG मोटर्सले यस योजनाअन्तर्गत ग्राहकहरूका लागि विशेष अफरहरू पनि उपलब्ध गराएको छ। यसमा आकर्षक क्यासब्याक, निःशुल्क एसेसोरीहरू, र पुरानो गाडी साट्दा रु. ३ लाखसम्मको एक्सचेन्ज टप-अप बोनस प्राप्त गर्न सकिने सुविधा छ। यी अफरहरूले Riddara RD6 को मूल्यलाई थप आकर्षक बनाएको छ।

नेपालभर सुलभ चार्जिङ र सेवाका लागि CG मोटर्सले हालसम्म २६० भन्दा बढी चार्जिङ स्टेशनहरू र २० भन्दा बढी सेवा केन्द्रहरू स्थापना गरिसकेको छ। यसको अर्थ Riddara RD6 खरिदकर्ताहरूले देशको जुनसुकै भागमा पनि सजिलै चार्जिङ र मर्मतको सुविधा पाउनेछन्, जसले प्रयोगमा झन् सहजता ल्याउनेछ।

Riddara RD6 चीनको अग्रणी अटो ब्रान्ड Geely द्वारा निर्माण गरिएको हो, जुन चीनमै EV पिकअप सेग्मेन्टको अगुवा बनेको छ। अब यही विश्वास र प्रविधिमाथिको भरोसा नेपालमा पनि ल्याइएको छ, जहाँ यो पिकअप व्यक्तिगत यात्रादेखि व्यवसायिक प्रयोजनसम्मका लागि स्मार्ट, भरपर्दो र भविष्यमुखी विकल्पको रूपमा प्रस्तुत भएको छ।

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार