सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तो

आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला १,९४,७०० रुपैयाँ रहेको छापावाला सुन आइतबार १,१०० रुपैयाँ घटेर १,९३,६०० रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला २,३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५० रुपैयाँले घटेर २,२९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।