ग्रिन डेभलपमेन्ट बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ७९.५३ प्रतिशतले नाफा बढाउँदै उल्लेखनीय सुधार गरेको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकले ६ करोड ९४ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आवमा ३ करोड ८६ लाख ६१ हजार रुपैयाँ मात्र थियो।
बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले वृद्धि भई २० करोड २० लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा ७२.७९ प्रतिशतले बढेर ९ करोड ८७ लाख २३ हजार रुपैयाँ पुगेको छ।
वितरणयोग्य नाफा ९४.७० प्रतिशतले वृद्धि भई ६ करोड ७ लाख ८१ हजार रुपैयाँ पुगेको छ। बैंकको लाभांश वितरण क्षमता १०.६७ प्रतिशत रहेको छ। बैंकको प्रति सेयर आम्दानी (EPS) १२ रुपैयाँ १८ पैसा कायम भएको छ भने प्रति सेयर नेटवर्थ १२२ रुपैयाँ ११ पैसा पुगेको छ।
खराब कर्जा (NPL) अनुपात ३.३३ प्रतिशत कायम छ। हाल बैंकको चुक्ता पुँजी ५६ करोड ९६ लाख रुपैयाँ रहेको छ। जगेडा तथा कोषमा बैंकले १२ करोड ५९ लाख रुपैयाँ राखेको छ।
निक्षेप संकलनमा पनि उल्लेखनीय सुधार देखिएको छ। गत आवमा बैंकले २८.२५ प्रतिशतले निक्षेप बढाउँदै ६ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ। यता, कर्जा प्रवाह २० प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ पुगेको छ।