ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१ औं स्थापना दिवसका अवसरमा आज आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले मधेश प्रदेश वर्षा नहुँदा सिँचाइ र खानेपानीको समस्या देखिएको भन्दै जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।
मधेश प्रदेशमा देखिएको चुनौतीलाई सामना गर्न थप विद्युत् आवश्यकता पर्ने भएकाले यसका लागि मन्त्रालयले आवश्यक पहल सुरु गरिसकेको उहाको भनाइ छ ।
मन्त्री खड्काले २१ वर्षअघि तराई क्षेत्रका गाउँमा तानिएका विद्युतको तारले अहिलेको माग धान्न नसक्ने देखिएको दाबी गर्नुभयो ।
उहाले सिँचाइका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र प्रयोग गरेर जनतालाई सहजता प्रदान गरिने बताउनुभयो ।