नेपाली बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन नदेखिए पनि चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको हो।
आइतबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा कायम भएको थियो। सोमबार पनि उक्त मूल्य यथावत् रहँदै सुनको कारोबार सोही मूल्यमा भइरहेको महासंघले जानकारी दिएको छ।
यता, चाँदी आइतबार प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार बढेर २ हजार २९५ रुपैयाँमा पुगेको छ। मूल्यमा आएको यो सानो उतारचढावले बजारमा सावधानीपूर्वक कारोबार भइरहेकाे संकेत देखिन्छ।