तीन जलविद्युत् आयोजना अघि बढ्दै, सात कम्पनी सर्टलिस्ट

विद्युत् विकास विभागले निजी क्षेत्रको सहभागितामा निर्माण गर्न लागिएका तीन जलविद्युत् आयोजनाका लागि सात कम्पनीलाई सर्टलिस्ट गरेको छ। बुट (Build, Own, Transfer) मोडलमा सञ्चालन गरिने यी आयोजना निर्माणको प्रक्रिया अघि बढाउने उद्देश्यले विभागले आवेदन मूल्यांकन गरी सिफारिस सूची सार्वजनिक गरेको हो।

सिफारिसमा परेका कम्पनीहरूले आगामी भदौ २४ गतेसम्ममा प्राविधिक तथा आर्थिक प्रस्ताव बुझाउनु पर्नेछ। विभागका अनुसार सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोलिनेछ।

विभागले आवेदन आह्वान गरेको आयोजना यसप्रकार छन्:

  • इन्खुखोला–४ (२१.४ मेगावाट)
  • कालीगण्डकी अपर (६५ मेगावाट)
  • लोती कर्णाली पीआरओआर (४९.५ मेगावाट)

सिफारिसमा परेका कम्पनीहरू:

इन्खुखोला–४ का लागि:

  • बेनी हाइड्रोपावर प्रोजेक्ट
  • माउन्टेन इनर्जी नेपाल लिमिटेड
  • स्नो रिभर्स

कालीगण्डकी अपर का लागि:

  • एक्वापिक इनर्जी प्रालि–साहस ऊर्जा जेभी
  • निलगिरि खोला हाइड्रोपावर कम्पनी

लोती कर्णाली का लागि:

  • अपि पावर कम्पनी
  • तारा इनर्जी–भोटेकोसी पावर कम्पनी जेभी

विभागले सिफारिसमा परेका कम्पनीहरूसँग आवश्यक प्रक्रियाहरू अघि बढाउने तयारी गरिरहेको जानकारी दिएको छ।