नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशनले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि एसोसिएसनले उक्त जानकारी दिएको हो ।
प्रदर्शनी यहि श्रावण २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप सन्चालन हुने पत्रकार सम्मेलनमा जनकारी दिईयो । उक्त प्रदर्शनीमा ५० भन्दा बढी सवारी साधनका ब्राण्डहरु सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रमका बारेमा विस्तृत जनकारी दिर्दै अटो एक्स्पो समिति प्रमूख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्वाधारमा गरिएको सुधार विशेषत: जल निकासी, अपाङ्ग मैत्री पूर्वाधार जस्ता व्यवस्था उल्लेखनीय रहेको बताए ।
उनले यसपटक नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी साधनहरू प्रदर्शनीमा राखिने पनि जानकारी दिए । प्रर्दशनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे, र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक हुने जानकारी गराइएको छ ।
प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । त्यस्तै प्रदर्शनीको टिकेटीङ् पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिङ्क, हस्पिटालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल, र म्यानेजमेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।
मुख्य प्रायोजकको रुपमा रहेको नेशनल इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत नभनित गुप्ता र एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रवन्धक विष्णु प्रसाद ज्ञावालीले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिवद्धता जनाए ।
प्रदर्शनीमा आउने आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष व्यवस्था गरेको जानकारी दिइएको छ । राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डपसम्म गन्तव्य भएका राईडहरुका लागि ३० प्रतिशतसम्मको छुट दिँने जनाएको छ भने मेडिकल पार्टनरको रुपमा रहेको फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स सेवासहित आकस्मिक तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने छ ।
यसवाहेक आयोजक संस्थाले प्रदर्शनीलाई लक्षित गरि विशेष अनलाईन प्रतियोगिता पनि सन्चालन गर्ने जनाएको छ । उक्त प्रतियोगितामा २१ श्रावणसम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक संजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई रु १०,००० नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
पत्रकार सम्मेलनको अध्यक्षता एसोसिएसनकी अध्यक्ष रितु सिंह वैद्यले गरेकी थिइन । उनले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिदै नाइमा मोबिलिटी एक्स्पो २०२५ू नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन् । यसकासाथै प्रर्दशनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि उनले जानकारी गराइन् ।
आयोजकहरुका अनुसार प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म “मोबिलिटी हिजो, आज, र भोलिू विषयमा ज्ञानवर्धक सत्र संचालन गर्नेछन् ।
प्रदर्शनीको अन्य सत्रमा त्रिभुवन विश्वविद्यलय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इंस्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यत्ति:हरुको उपस्थिति रहने बताइएको छ ।
आयोजकहरुका अनुसार प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिनेछ ।
अटो एक्स्पो समितिका सदस्य गैरव सारडाले उद्घाटन मन्तव्यमा एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिदै कार्यक्रममा उपस्थित पत्रकार, प्रायोजक, सदस्य, तथा साझेदारहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले गरेका थिए ।