नेपाल एयरलाइन्स कर्पोरेशनले भारतको नयाँ दिल्लीमा आयोजित १०औं अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन तथा यात्रा पुरस्कार (ITCTA) २०२५ मा “नेपाल मार्गका उत्कृष्ट हवाई सेवा प्रदायक” को रूपमा विशेष सम्मान प्राप्त गरेको छ।
सो पुरस्कार कार्यक्रम जुलाई २६ मा होटल ल मेरिडियन, नयाँ दिल्लीमा सम्पन्न भएको थियो। नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डंगोलका अनुसार उक्त सम्मान ICM समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र भारतीय सरकारका प्रतिनिधि नासिर असलम बानीले संयुक्त रूपमा प्रदान गरेका हुन्।
यो सम्मानले नेपाल एयरलाइन्सको गुणस्तरीय सेवा र नेपाल–भारतबीचको हवाई सम्पर्क सुदृढीकरणमा पुर्याएको योगदानलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ। नेपाल एयरलाइन्सले पछिल्ला वर्षहरूमा सेवा सुधार, समयपालना र अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा उल्लेखनीय प्रगति गरेको छ।