वायर तथा केबल उद्योग लिटमस इन्डस्ट्रिजले तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ कार्यक्रम गरेको छ ।
कार्यक्रममा देशभरबाट करिब दुई सयजना डिलर, वितरक तथा च्यानल पार्टनरको उपस्थिति रहेको थियो, जसमा कम्पनीको प्रस्तुति, डिलरसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो ।
लिटमसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धि र भावी योजना प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो । उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिटमस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरलाई सम्मानित पनि गरेको ।
उक्त अवसरमा लिट्मसले ‘श्रावण उत्सव’ अभियानको समेत घोषणा गरेको छ । जसमा डिलरले आकर्षक स्किममार्फत दुबई र थाइल्यान्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको थियो ।