मुख्य विदेशी मुद्राहरूको नयाँ दर सार्वजनिक, डलरदेखि दिरामसम्म दर यस्ता छन्

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार
मानी पैसा बिदेशी मुद्रा money

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले आजका लागि अमेरिकी डलरको खरीद दर १३८ रुपैयाँ ३७ पैसा र बिक्री दर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ।

युरोपेली यूरोको खरीद दर १६१ रुपैयाँ २१ पैसा र बिक्री दर १६१ रुपैयाँ ९१ पैसा रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरीद दर १८५ रुपैयाँ ६२ पैसा र बिक्री दर १८६ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्कको खरीद दर १७२ रुपैयाँ ७० पैसा र बिक्री दर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलरको दर खरीदमा ९० रुपैयाँ ३१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ७० पैसा छ। क्यानाडियन डलरको खरीद दर १०० रुपैयाँ ७८ पैसा र बिक्री दर १०१ रुपैयाँ २२ पैसा तथा सिंगापुर डलरको खरीद दर १०७ रुपैयाँ ७२ पैसा र बिक्री दर १०८ रुपैयाँ १९ पैसा छ।

१० जापानी येनको खरीद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा छ भने १ चिनियाँ युआनको खरीद दर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ ३७ पैसा छ।साउदी रियालको खरीद दर ३६ रुपैयाँ ८९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५ पैसा तथा कतारी रियालको खरीद दर ३७ रुपैयाँ ९६ पैसा र बिक्री दर ३८ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

थाई भाटको दर खरीदमा ४ रुपैयाँ २७ पैसा र बिक्रीमा ४ रुपैयाँ २९ पैसा छ। यूएई दिरामको खरीद दर ३ रुपैयाँ ६७ पैसा र बिक्री दर ३ रुपैयाँ ८४ पैसा छ। मलेसियन रिङ्गिटको खरीद दर ३ रुपैयाँ ३२ पैसा ७० पैसा (सिक्का सहित) र बिक्री दर ३ रुपैयाँ ८५ पैसा रहेको छ।

दक्षिण कोरियन वनको दर खरीदमा ९ रुपैयाँ ९८ पैसा र बिक्रीमा १० रुपैयाँ ३ पैसा छ। स्विडिश क्रोनरको खरीद दर १४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनरको खरीद दर २० रुपैयाँ ६० पैसा र बिक्री दर २० रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ। हङकङ डलरको दर खरीदमा १७ रुपैयाँ ६३ पैसा र बिक्रीमा १७ रुपैयाँ ७० पैसा छ।

कुवेती दिनारको खरीद दर ४५३ रुपैयाँ २७ पैसा र बिक्री दर ४५५ रुपैयाँ २४ पैसा तथा बहराइनी दिनारको खरीद दर ३६७ रुपैयाँ ९० पैसा र बिक्री दर ३६८ रुपैयाँ ६८ पैसा छ। ओमानी रियालको दर खरीदमा ३५९ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३६० रुपैयाँ ९५ पैसा रहेको छ। एक सय भारतीय रुपैयाँको खरीद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार