ऋण थपियो २३१ अर्ब, सरकारको कर्जामा लक्ष्यभन्दा कम सफलता

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले कूल सार्वजनिक ऋणमा २३१ अर्ब रुपैयाँभन्दा बढी थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, अघिल्लो आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २४ खर्ब ३८ अर्ब रुपैयाँ रहेकोमा असार मसान्तसम्ममा बढेर २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको हो।

यो वृद्धिसँगै नेपालमा कुल ऋण सकल गार्हस्थ्य उत्पादन (GDP) को ४३.७१ प्रतिशत पुगेको छ।

आन्तरिक–वैदेशिक ऋण विवरण

– आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ, जुन GDP को २२.१४ प्रतिशत हो।
– वैदेशिक ऋण १४ खर्ब १ अर्ब रुपैयाँ छ, जसको अंश GDP मा २४.५६ प्रतिशत रहेको छ।

सरकारको ऋण उठाउने लक्ष्य र उपलब्धि

सरकारले आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक ऋणमार्फत ५ खर्ब ४७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। तर वर्षको अन्त्यसम्म ४ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ मात्र संकलन गर्न सक्यो।

– आन्तरिक ऋण संकलन: ३ खर्ब २९ अर्ब ९९ करोड (लक्ष्य: ३ खर्ब ३० अर्ब)
– वैदेशिक ऋण संकलन: १ खर्ब २५ अर्ब ४० करोड (लक्ष्य: २ खर्ब १७ अर्ब)

ऋण भुक्तानीमा पनि कम खर्च

सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्याएको भए पनि कुल ३ खर्ब ६२ अर्ब ५९ करोड रुपैयाँ मात्रै भुक्तानी गरिएको छ।

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार