भैरहवाबाट बौद्ध देशतर्फ सिधा उडानको बाटो खुल्दै, पर्यटन नीतिको नयाँ खाका सार्वजनिक

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

नेपाल सरकारले पर्यटन क्षेत्रको समग्र रूपान्तरण र अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत सो नीति सार्वजनिक गरे। उनका अनुसार नेपाललाई सांस्कृतिक र प्राकृतिक विशेषतायुक्त अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नीति तयार गरिएको हो।

मन्त्री पाण्डेले नीति कार्यान्वयनको क्रममा देखा पर्ने चुनौतीहरूलाई समयअनुकूल परिमार्जन गर्दै अगाडि बढाइने बताए।

संघीय संरचना अनुसार रणनीतिक संयोजन

संघीय संरचनालाई प्रभावकारी कार्यान्वयन गर्न गठित समन्वय परिषद्को तीन बैठक सम्पन्न भइसकेको छ। मन्त्री पाण्डेले कार्यनीति र रणनीति निर्माणको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।

भैरहवा–बौद्ध गन्तव्य हवाई जोड

सरकारले भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्बी राष्ट्रहरूसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने कार्ययोजना अघि सारेको छ। यसबाट धार्मिक पर्यटन प्रवद्र्धनसँगै नेपाललाई क्षेत्रीय बौद्ध केन्द्रका रूपमा उभ्याउने लक्ष्य लिइएको छ।

कानुनी ढाँचा परिमार्जन हुँदै

मन्त्रालयले मातहतका निकायहरूको एकीकरणपछिको कानुनी अन्योल हटाउन आवश्यक कानून निर्माणको काम पनि अघि बढाएको छ।

नयाँ पर्यटन नीतिले पूर्वाधार, समावेशिता, धार्मिक तथा प्रकृति–मैत्री गन्तव्य निर्माण, र अन्तर्राष्ट्रिय बजारमा नेपाललाई प्रतिस्पर्धी बनाउने दीर्घकालीन उद्देश्य बोकेको मन्त्रालयले जनाएको छ।

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार