मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार यो दर प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो। यसरी एकैदिन सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको हो।
उता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ। सोमबार प्रतितोला २ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।