बागमती सरकारमा विवाद चर्किँदा मन्त्री खड्काले राजीनामा, अविश्वास प्रस्तावमा २२ सांसदको समर्थन

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै गएपछि खानेपानी, ऊर्जा र सिचाइ मन्त्री श्यामकुमार खड्काले सोमबार साँझ पदबाट राजीनामा दिएका छन्। खड्काले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री बहादुरसिंह लामालाई आफ्नो राजीनामा बुझाएका हुन्। उनले लामाविरुद्धको अविश्वास प्रस्तावमा पनि हस्ताक्षर गरेका छन्।

राजीनामा दिएसँगै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या २२ पुगेको छ। यसअघि साउन ९ गते कांग्रेसका चारजना मन्त्रीहरूले पनि पदबाट राजीनामा दिँदै प्रस्तावमा समर्थन जनाएका थिए। यस घटनाले बागमती प्रदेशको राजनीति थप चर्किने संकेत दिएको छ, र कांग्रेसभित्रको आन्तरिक संघर्षमा नयाँ मोड ल्याएको छ।

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार