राष्ट्र बैंकले तीन अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरूमा रहेको २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँलाई बैंक र वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने निर्णय गरेको छ। केन्द्रिय बैंकले आगामी अगष्ट ११ गतेदेखि २०२६ को अगष्ट ११ सम्मका लागि ३६६ दिनका मुद्दती निक्षेप राख्ने भएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा २ अर्ब ३४ करोड ४ लाख, राष्ट्रियस्तरका विकास बैंकहरूमा ४३ करोड ८७ लाख र वित्तीय संस्थाहरूमा १४ करोड ६२ लाख रुपैयाँ निक्षेपको व्यवस्था गर्ने जनाएको छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आफूले चाहेको रकम र ब्याजदरसहित प्रस्ताव पेश गर्नुपर्नेछ। राष्ट्र बैंकले यी निक्षेपहरूको ब्याज मासिक रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ।

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार