राजेन्द्र मल्लद्वारा शंकरापूरको भाग्योदय क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एबं नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले शंकरापूरको भाग्योदय क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका गर्नुभएको छ । उहाले स्वर्गीय माता दिलमाया मल्लको नाममा सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

मल्लले आफ्नो नामबाट समेत हरेक वर्ष उक्त क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । स्नातक तहमा अध्ययन गर्ने उच्च अंक प्राप्त गर्ने जेहेन्दार विद्यार्थीहरुलाई विगत लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको र यो आगामी दिनहरूमा पनि कायम रहने बताउनुभएको छ ।

मल्ल उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत हुनुहुन्छ । क्याम्सप स्थापनाका लागि सम्बन्धन लिन तत्कालिन समयमा विश्वविद्यालयलाई बुझाउनुपर्ने ५५ हजार रुपैयाँ मल्ल आफैले दिनुभएको थियो। उक्त क्याम्पसको संस्थापक सदस्यसमेत रहनुभएका मल्लले त्यसपछि ८ वर्ष सो क्याम्पसको अध्यक्ष भएर सेवा गर्नुभएको थियो । शंकरापूर क्षेत्रकै नमूनाका रुपमा रहेको उक्त क्याम्पसमा आईटीको पनि छुट्टै क्लास राख्नका लागि पहल भइरहेको छ’ मल्लले बताउनुभएको छ ।