गृहमन्त्री रमेश लेखकले मोख्तारलाई गरे हज समितिका अध्यक्ष नियुक्त

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।  मंगलबार मन्त्रिस्तरको निर्णयबाट सिराहका अहमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालय अन्र्तगत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।