आइएमई मोटर्सले ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ प्राप्त गरेको छ । अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेसनल अपरेसन क्याटागोरीअन्तर्गत आइएमई मोटर्सले उक्त अवार्ड जितेको हो ।
अशोक लेल्यान्डसँगको साझेदारीको एक दशक पूरा भइरहँदा उक्त अवार्डले सहकार्यमा थप ऊर्जा भरेको आइएमई मोटर्सले जनाएको छ । कम्पनीका
अनुसार अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आइएमई मोटर्सको १० वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको छ । कम्पनीका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुँदा आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताए । निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न यसले थप उत्साह थपेको उनको भनाइ छ।
।
अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुपकुमार स्वाइनले अशोक लेल्यान्डसँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबुत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए । आइएमई मोटर्सका सर्भिस प्रमुख मित्रकुमार श्रेष्ठले यो पुरस्कार प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए ।