रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निट्युडको भूकम्पपछि प्रशान्त क्षेत्रमा सुनामीको खतरा बढेको छ। फ्रेन्च पोलिनेसियाको मार्केसस द्वीपमा करिब १३ फिट ४ मिटर अग्ला छाल आउन सक्ने भन्दै उआ हुका, नुकु हिवा र हिवा ओओ टापुमा सतर्कता जारी गरिएको छ। १३ फिटको लहर भनेको झन्डै एक तले घरको छाना जितिकै अग्लो हो। स्थानीयलाई उच्च स्थानमा जान सुझाव दिइएको छ।
तस्बिर : सामाजिक सञ्जाल